२०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

गुणस्तरीय शिक्षाको अभियानमा पाँचखाल नगरपालिका अग्रसर


३२२५ पाठक संख्या
  • २०८३ जेष्ठ २१, बिहिबार मा प्रकाशित ६ घण्टा अघि
  • पाँचखाल, काभ्रे, २१ जेठ । पाँचखाल नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन सुदृढीकरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आयोजना गरेको विशेष कार्यक्रम बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

    कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विद्यार्थी, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका चुनौती, अवसर तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिएको थियो।

    कार्यक्रमको सञ्चालन पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोइराला ले गर्नुभएको थियो भने सभाध्यक्षता प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा ले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायबीच थप सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    सभाध्यक्ष सापकोटाले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै नगरपालिकाले शैक्षिक सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले विद्यार्थीमैत्री वातावरण निर्माण, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा शैक्षिक उपलब्धि वृद्धि गर्न नगरपालिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

    कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा विद्यार्थी प्रतिनिधिहरूले विद्यालयमा भोग्नुपरेका विभिन्न समस्या, सुधारका सम्भावना तथा नवीन शैक्षिक अभ्यासबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यालय र स्थानीय सरकारबीच समन्वय बढाउनुका साथै शिक्षा क्षेत्रका समस्याको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

    कार्यक्रमले शिक्षा क्षेत्रका सरोकारवालाबीच आपसी समझदारी, सहकार्य र उत्तरदायित्वको भावना अभिवृद्धि गर्दै पाँचखाल नगरपालिकाको शैक्षिक विकास यात्रालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार