२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

ट्रकको ठक्कले तीन जनाको गयो ज्यान


४१८७ पाठक संख्या
  • २०८३ श्रावण १३, बुधबार मा प्रकाशित १0 घण्टा अघि
  • कपिलवस्तु, साउन १३ गते। कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लगिएको थियो। अस्पतालका चिकित्सकले उपचारका क्रममा तीन जनालाई मृत घोषणा गरेका हुन्। एक जना घाइतेको अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमध्ये दुई जना साइकलयात्री र एक जना पैदलयात्री रहेका छन्। मृतक तथा घाइतेको विस्तृत परिचय खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु