काठमाडौं । नेपाल नापित समाज, केन्द्रीय कार्य समितिले वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ।
समाजले विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै शनिबार, २०८३ साल साउन ३० गते विशेष सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा भगवद्विद् श्री दिनेश कुमार गणपत्य प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
समाजका अनुसार कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै उनीहरूको शैक्षिक यात्रालाई थप उत्साह र प्रेरणा प्रदान गर्ने उद्देश्य राखिएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा समाजसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मान कार्यक्रम बिहान ११ बजे बागबजारस्थित कुन्ज पार्टी भेन्यु (श्रेष्ठ टेलरिङको भवनमाथि), काठमाडौंमा आयोजना हुनेछ।
नेपाल नापित समाज केन्द्रीय कार्य समितिले कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूको सफलताको उत्सवमा सहभागी हुन सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस