२०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

पाँचखालको मेयर खरेल बाट वाडिपिडितलाई २० लाख सहयोग


३०४३ पाठक संख्या
  • २०८३ भाद्र १८, बिहिबार मा प्रकाशित १८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले आफ्नो १० वर्षे कार्यकालको तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता पूरा गर्ने क्रममा बाढीपहिरो प्रभावित परिवारका लागि २० लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ ।

    देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला मेयर खरेलले तत्काल २० लाख रुपैयाँ राहतका लागि प्रदान गर्ने घोषणा गर्नुभएको हो

    निर्वाचनका क्रममा आफूले सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने’ वाचा गरेको स्मरण गर्दै खरेलले विपद्को पीडामा रहेका नागरिकको दुःख देख्दा आफ्नो प्रतिबद्धता झन् गहिरो रूपमा सम्झिएको बताउनु भयो ।

    उहाँले घर, सम्पत्ति तथा आफन्त गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै आफ्नो बाँकी तलबसमेत क्रमशः विपद् प्रभावितको सेवामा लगाउने आफ्नो सामाजिक सञ्जाल मार्फत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    मेयर खरेलले थप्नुभयो , ‘यो कुनै ठूलो सहयोग होइन, जनताबाट पाएको जिम्मेवारीको सानो अंश जनतामै फर्काउने प्रयास मात्र हो,’ । उहाँको अनुसार जनप्रतिनिधिले पाउने पारिश्रमिक जनताकै करबाट प्राप्त हुने भएकाले संकटको समयमा त्यही रकम जनताको दुःखमा उपयोग गर्नु आफ्नो नैतिक दायित्व हो।

    ‘पदले दिएको तलब जनताकै हो, त्यसैले जनताकै दुःखमा फर्काउन चाहन्छु,’ मेयर खरेलले भन्नुभयो । बाढीपहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति साथ र ऐक्यबद्धता जनाउँदै विपद्को घडीमा पीडित परिवारलाई सहयोग र राहतमा जुट्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु