२०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

भोटेकोशी बाढी : १२ आयोजनाका ८९८ कर्मचारी सम्पर्कविहीन


१७१७ पाठक संख्या
  • २०८३ भाद्र १६, मंगलबार मा प्रकाशित १७ घण्टा अघि
  • १६ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा कार्यरत २०४ जना विदेशी कामदार सम्पर्कविहीन भएका छन्।

    श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार बाढी प्रभावित १२ आयोजनाका ८९८ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। तीमध्ये वैध वर्क परमिट लिएर कार्यरत २०४ जना विदेशी नागरिक हुन्।

    सम्पर्कविहीन विदेशीमध्ये चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै छ। अपर त्रिशूली–१ आयोजनामा मात्रै वर्क परमिट लिएका १२१ जना चिनियाँ कामदार सम्पर्कविहीन रहेको विभागले जनाएको छ।

    विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार वर्क परमिट नवीकरणको प्रक्रियामा रहेका वा जरिबाना तिरेर काम गरिरहेका विदेशी कामदारको विवरण भने सरकारी अभिलेखमा समावेश छैन। त्यसैले सम्पर्कविहीन विदेशीको वास्तविक संख्या अझै बढी हुन सक्ने विभागले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु