२०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

सुरुङभित्र ११ दिनपछि ‘नयाँ जीवन’ : त्रिशूली–३ ‘ए’ का सञ्जयको जीवितै उद्धार


९३७ पाठक संख्या
  • २०८३ भाद्र १९, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक कर्मचारीको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

    (आज) शुक्रबार बिहान उद्धार गरिएका व्यक्ति नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी सञ्जय साह हुन्। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि उनी आयोजनाको सुरुङभित्र फसेका थिए।

    बाढीपछि सम्पर्कविहीन बनेका साहको जीवितै उद्धार हुनुले निराशाबीच आशाको सञ्चार गरेको छ। उद्धार टोलीले लामो प्रयासपछि उनलाई सुरुङबाट बाहिर निकाल्न सफल भएको हो।

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा त्यतिबेला मर्मतसम्भारको काम भइरहेको थियो। साह पनि सोही कामका लागि आयोजनास्थल पुगेको हुनसक्ने बताइएको छ।

    भोटेकोशीको बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए। तीमध्ये साहको जीवित उद्धारले उद्धार तथा खोजी कार्यमा जुटेका टोली र आफन्तमा नयाँ आशा जगाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु