२०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

भ्लोनको नेतृत्वमा खानीखोला सम्पर्क समितिको तेस्रो कार्यकाल सुरु


७८१ पाठक संख्या
  • २०८३ आश्विन ४, आईतबार मा प्रकाशित ४ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खानीखोला सम्पर्क समन्वय समितिको तेस्रो कार्यकालका लागि रामकाजी भोलनको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

    बनेपामा आयोजित भेलाले लक्ष्मी स्याङतान र पदमबहादुर थिङलाई उपाध्यक्ष, राजन तिमल्सीनालाई सचिव, तिलकबहादुर स्याङतानलाई सहसचिव तथा पासाङ थिङलाई कोषाध्यक्ष चयन गरेको हो।

    यसअघि समितिको पहिलो कार्यकाल राजन अधिकारी र दोस्रो कार्यकाल बिपिन दाहालको नेतृत्वमा सञ्चालन भएको थियो। दुई कार्यकाल पूरा भएपछि तेस्रो कार्यकालको नेतृत्व भोलनलाई दिइएको हो।

    नेकपाका पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य तथा पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’, बागमती प्रदेशका सचेतक तथा पूर्वमन्त्री रत्न ढकाललगायत नेता–कार्यकर्ताको सहभागिता थियो।

    भेलामा खानीखोलाबाट विभिन्न कारणले बनेपा, पनौती, धुलिखेल, भक्तपुर, काठमाडौंलगायत शहरी क्षेत्रमा बसोबास गर्दै आएका नेता–कार्यकर्तालाई संगठित गर्ने, आपसी समन्वय बढाउने तथा पार्टी गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो।

    भेलालाई सम्बोधन गर्दै पुनले संगठन सुदृढीकरणका लागि नेता–कार्यकर्ताबीच एकता, समन्वय र सक्रियता आवश्यक रहेको धारणा राखेका थिए। नवनिर्वाचित अध्यक्ष भोलनले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै शहरमा रहेका खानीखोलाका नेता–कार्यकर्ताबीच निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार