२०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

रास्वपाको केन्द्रीय अनुशासन आयोगले पायो पूर्णता


१०४१ पाठक संख्या
  • २०८३ आश्विन ४, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय अनुशासन आयोगले पूर्णता पाएको छ। पार्टीको आइतबार बसेको सचिवालय बैठकले आयोगमा १० सदस्य मनोनयन गरेपछि आयोग पूर्ण बनेको हो।

    रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार आयोग सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई मनोनयन गरिएको छ।

    यसअघि गत असारमा रास्वपाले उच्च अदालत कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई केन्द्रीय अनुशासन आयोगको प्रमुखमा मनोनयन गरेको थियो। पौडेलको नेतृत्वमा १० सदस्य थप गर्दै आयोगलाई पूर्णता दिइएको हो।

    आयोगले पार्टीभित्र अनुशासनसम्बन्धी विषयमा आवश्यक छानबिन तथा कारबाहीका लागि भूमिका निर्वाह गर्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार