२०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

१८ वर्ष कैद सजाय पाएका फरार कैदी काभ्रेबाट पक्राउ


२७३१ पाठक संख्या
  • २०८३ आश्विन ६, मंगलबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौँ । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला फरार भएका एक कैदीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ का २६ वर्षीय आर्यन पुरी रहेका छन्। जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएपछि उनी २०८२ वैशाख २४ गतेदेखि कारागार कार्यालय नख्खु, ललितपुरमा कैद भुक्तान गरिरहेका थिए।

    तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा नख्खु कारागारबाट फरार भएका थिए।

    फरार पुरी काभ्रेपलाञ्चोकमा लुकीछिपी बसिरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले २०८३ असोज ६ गते मण्डनदेउपुर नगरपालिका–८, कुन्ताबेशीबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार फरार कैदीहरूको खोजी तथा पक्राउ अभियानअन्तर्गत पुरीलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय नख्खु, ललितपुरमा पेस गरिएको छ।

    केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एवं सूचना अधिकारीले फरार कैदीहरूको खोजीलाई तीव्रता दिइएको र सोही क्रममा पुरी पक्राउ परेको जानकारी दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार