२०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

रकम नदिए ज्यान लिने धम्की दिँदै असुली गर्न खोज्ने पक्राउ


३२२५ पाठक संख्या
  • २०८३ आश्विन ६, मंगलबार मा प्रकाशित ६ घण्टा अघि
  • काठमाडौँ । ठेक्का काम गरेबापत हर्जाना भन्दै रकम मागेर नदिए ज्यान लिने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल काठमाडौँको कलङ्की बस्दै आएका ३० वर्षीय भुपाल जंग खड्का रहेका छन्।

    प्रहरीका अनुसार खड्काले ठेक्का काम गरेबापत हर्जाना भन्दै रकम माग्ने, रकम नदिए ज्यान लिने चेतावनी दिने तथा पटक–पटक फोन र म्यासेजमार्फत धम्क्याउने गरेका थिए। उनले पीडितलाई अश्लील शब्द प्रयोग गरी गालीगलौजसमेत गर्ने गरेको प्रहरीको भनाइ छ।

    धम्की तथा असुली प्रयासबाट पीडित भएपछि सम्बन्धित व्यक्तिले आवश्यक कारबाहीको माग गर्दै प्रहरी वृत्त थानकोटमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले खड्काको खोजतलास सुरु गरेको थियो।

    खोजतलासका क्रममा प्रहरी टोलीले उनलाई असोज २ गते काठमाडौँ महानगरपालिका–१४, कलङ्कीबाट पक्राउ गरेको हो।

    पक्राउ परेका खड्कामाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार