२०८३ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2026

टेकुमा प्लास्टिक गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


९९३३ पाठक संख्या
  • २०८३ आश्विन ५, सोमबार मा प्रकाशित ९ घण्टा अघि
  • काठमाडौं, ५ असोज । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ।

    काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा सोमबार आगलागी भएको प्रहरीले जनाएको छ।

    आगलागीको कारण भने खुल्न सकेको छैन। आगो फैलिन नदिन तथा नियन्त्रणमा लिन दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार