२०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

राजनीति पद होइन, राष्ट्रसेवाको जिम्मेवारी : भण्डारी


६२५ पाठक संख्या
  • २०८३ आश्विन १८, आईतबार मा प्रकाशित ९ घण्टा अघि
  • काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पद र जिम्मेवारी परिवर्तनशील भए पनि सार्वजनिक जीवनमा व्यक्तिले देखाएको आचरण, जनताप्रतिको उत्तरदायित्व र स्थापित गर्न खोजेका मूल्यहरू दीर्घकालसम्म स्मरणमा रहने बताएकी छन्।

    नेकपा एमाले जिल्ला कमिटी दोलखाले आइतबार आयोजना गरेको ‘आनन्द पोखरेल : विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै भण्डारीले राजनीतिक जीवनको मूल्याङ्कन पद र पदावधिबाट मात्र नभई समाज तथा राष्ट्रप्रति पुर्‍याएको योगदानका आधारमा समेत गरिनुपर्ने बताइन्।

    “राजनीतिमा पद र जिम्मेवारी परिवर्तनशील हुन्छन्, तर सार्वजनिक जीवनमा व्यक्तिले देखाएको आचरण, जनताप्रतिको उत्तरदायित्व र उसले स्थापित गर्न खोजेका मूल्यहरू दीर्घकालसम्म स्मरणमा रहन्छन्,” भण्डारीले भनिन्।

    उनले राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै सार्वजनिक जीवनमा सक्रिय व्यक्तिको अनुभव र यात्राबाट यसको महत्त्व बुझ्न सकिने बताइन्।

    भण्डारीले नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको आवश्यकता रहेको पनि बताइन्। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प नभई परिपूरक रहेको उनको भनाइ थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑