२०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

कांग्रेस महाधिवेशन सुरु, खुलामञ्चमा शीर्ष नेताहरूको जमघट


११९७ पाठक संख्या
  • २०८३ आश्विन १८, आईतबार मा प्रकाशित १३ घण्टा अघि
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन सत्रसँगै सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो।

    उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन्। नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरू उद्घाटनस्थलमा पुगेका छन्।

    महाधिवेशनअन्तर्गत बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते सञ्चालन हुने कांग्रेसले जनाएको छ।

    त्यस्तै, नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम असोज २१ र २२ गते तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया भने शुक्रबार र शनिबार सम्पन्न गरिएको थियो। महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक प्राथमिकता र नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑