२०८३ आश्विन १७, शनिबार | Sat, 03, Oct, 2026

रास्वपामा १४ विभागका प्रमुख मनोनयन


२०५५ पाठक संख्या
  • २०८३ आश्विन १७, शनिबार मा प्रकाशित ७ घण्टा अघि
  • १७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ वटा विभागका प्रमुख मनोनयन गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न विभागका प्रमुखसहित एक विभागमा उपप्रमुख र एक विभागमा सदस्यसमेत मनोनयन गरेको हो ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित गर्दै विभिन्न विभागको नेतृत्व तोकेको हो ।

    मनोनयनअनुसार प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशीता विभाग प्रमुखमा रुविना आचार्य चयन भएका छन् ।

    त्यस्तै, सुशासन तथा राज्य व्यवस्थापन विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता र श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपकुमार साह मनोनयन भएका छन् ।

    आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी र सोही विभागको सदस्यमा सम्राट बुढाथोकी मनोनयन भएका छन् ।

    त्यसैगरी वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।

    बैठकले **अभियान तथा प्रचार–प्रसार विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन)**लाई समेत मनोनयन गरेको रास्वपाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑