२०८३ आश्विन १७, शनिबार | Sat, 03, Oct, 2026

आज देशभर बदली, चार प्रदेशमा वर्षा हुने


१७१७ पाठक संख्या
  • २०८३ आश्विन १७, शनिबार मा प्रकाशित २0 घण्टा अघि
  • काठमाडौँ । देशमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार अहिले हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    यस्तै, मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। तराईका अन्य भूभागमा आंशिक बदली रहनेछ।

    आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑