२०८३ आश्विन १६, शुक्रबार | Fri, 02, Oct, 2026

गीतकार सङ्घको पत्रकारिता सम्मान भुसाललाई


१०९३ पाठक संख्या
  • २०८३ आश्विन १६, शुक्रबार मा प्रकाशित ११ घण्टा अघि
  • काठमाडौं । नेपाली गीत–सङ्गीत र साहित्य क्षेत्रलाई पत्रकारितामार्फत प्रवर्द्धन गरेको योगदानका लागि पत्रकार कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएका छन्।

    गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा मिलाप मासिकका सम्पादक तथा हिमालय टाइम्सका उपसम्पादक भुसाललाई सम्मान गरिएको हो।

    भुसालले लामो समयदेखि समाचार, अन्तर्वार्ता, समीक्षा तथा साहित्यिक सामग्रीमार्फत नेपाली गीत–सङ्गीत, साहित्य, कला र स्रष्टाका गतिविधिलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउँदै आएका छन्।

    सम्मान ग्रहण गर्दै भुसालले सम्मानले आफूलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने ऊर्जा मिलेको बताए। “यो सम्मान मेरो मात्र होइन, मेरो कलममाथि विश्वास गर्ने शुभेच्छुक, सहकर्मी र पाठकप्रतिको पनि सम्मान हो,” उनले भने।

    पत्रकारितासँगै साहित्यमा समेत सक्रिय भुसालका कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्। उनले विभिन्न स्रष्टाका डेढ दर्जनभन्दा बढी पुस्तक सम्पादनमा समेत योगदान दिएका छन्।

    गीतकार सङ्घको वार्षिकोत्सव समारोहमा नेपाली गीत–सङ्गीत तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑