२०८३ आश्विन २४, शनिबार | Sat, 10, Oct, 2026

रक्तचन्दन तस्करीको फाइल खुल्यो, ठेकेदार बस्नेत पक्राउ


२१५९ पाठक संख्या
  • २०८३ आश्विन २४, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौं, २४ असोज । १३ वर्षअघिको रक्तचन्दन तस्करी प्रकरणमा संलग्न ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राति काठमाडौंको मेरियट होटलबाट पक्राउ गरेको हो।

    सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार बस्नेतलाई रक्तचन्दन तस्करीसम्बन्धी पुरानो मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।

    यसअघि बस्नेतको यकिन वतन नखुलेका कारण उनीविरुद्ध रक्तचन्दन तस्करी प्रकरणमा मुद्दा अघि बढ्न सकेको थिएन। उक्त घटनामा रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालकलाई भने मुद्दा चलाएर जेल पठाइएको थियो। उनीहरू सजाय भुक्तान गरी छुटिसकेका छन्।

    बस्नेतको हकमा भने वतन खुलेपछि मुद्दा अघि बढाउने गरी अभिलेख राखिएको थियो। पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनको ठेगाना खुलेपछि पुरानो मुद्दाको तामेली जगाएर अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको थियो।

    सम्पत्ति शुद्धीकरण विभागले बस्नेतलाई अदालतमा उपस्थित गराउन पत्राचार गरेपछि उनी पक्राउ परेका हुन्।

    १३ वर्षअघि भएको रक्तचन्दन तस्करी प्रकरणमा चालक र सहचालकले सजाय भुक्तान गरिसकेको अवस्थामा ठेकेदार बस्नेत पक्राउ परेसँगै पुरानो मुद्दाले पुनः गति लिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑