२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

आज कात्तिक ८ गते आइतबारको राशिफल


१८२१ पाठक संख्या
  • २०८३ कार्तिक ९, आईतबार मा प्रकाशित ७ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आजको दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। बोल्दा सचेत बन्नु पर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन धेरै राम्रो छ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारले साथ दिनेछ। ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । सञ्चित धन खर्च हुनेछ। राजनीतिमा लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    महत्त्वपूर्ण काममा सफलता मिल्ने दिन छ । प्रतिभा प्रदर्शन गर्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । प्रशंसा गर्नेहरु बढ्नेछन्। परिवारमा घुमघामको तय हुनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन सामान्य छ । बोलीको प्रभावले सम्बन्धमा समस्या हुनेछ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ। अरुको झगडाले तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। जग्गाको कारोबारबाट नाफा आर्जन हुनेछ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    यात्रामा सचेत बन्नुपर्ने दिन छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज पढाइमा रुचि बढ्ने योग छ । सोचेका काम बन्ने छन्। शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। विपक्षी बौद्धिक भएकाले सचेत भएर काम गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा सक्रिय भएमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन सामान्य छ। सानो कुरामा अवरोध हुनेछ। अरुको गलत निर्णयको फन्दामा पर्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। साथीसँग सचेत हुनुपर्ने दिन छ । हरेक काममा थप मिहिनेत गर्नुपर्ने छ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। हरेक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त र खुशी बन्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    व्यापारमा फाइदा हुने दिन छ । साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ । कुनै शुभ समाचार सुन्न पाइनेछ । व्यापारमा नाफा हुनेछ । परीक्षा लेखेको भए नतिजा तपाईँको पक्षमा आउने छ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन राम्रो छ । शिक्षाको लगानीबाट फाइदा हुनेछ। सहकार्य गरेका साथीले साथ दिँदा व्यापारमा नाफा हुनेछ । स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑