२०८३ मंसिर १०, बिहिबार | Thu, 26, Nov, 2026

आज मङ्सिर १० गते बिहीबारको राशिफल


१४०५ पाठक संख्या
  • २०८३ मंसिर १०, बिहिबार मा प्रकाशित १२ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन सामान्य राम्रो छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन राम्रो छ। योजना अनुसार काम बन्नेछन्। परीक्षाको राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ। धन बढ्ने छ। शिक्षामा प्रगति हुनेछ। विदेशको आम्दानीमा मन आकर्षित हुने छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा एक पटक सोच्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ । आज प्रेमिकाको साथ मिल्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गरेमा सफलता मिल्ने छ। आफन्तको साथ मिल्नेछ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन सामान्य छ। आज यात्रा गर्दा जोगिनुपर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन धेरै राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ । अप्ठेरो परिस्थितिमा तपाईंको नामको चर्चा हुनेछ। परिवारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑