२०८३ कार्तिक २९, आईतबार | Sun, 15, Nov, 2026

आज कात्तिक २९ गते आइतबार राशिफल


१४७७ पाठक संख्या
  • २०८३ कार्तिक २९, आईतबार मा प्रकाशित २१ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन सहज छ । साथीको सहयोग मिल्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । राजनीतिक क्षेत्रमा अगाडि बढ्नु राम्रो हुनेछ । सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य छ । बोल्दा ख्याल गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन सामान्य छ । लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ । व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ । राजनीतिमा तपाईंका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन राम्रो छ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । भाग्यको निर्माण गर्न आफ्नो काममा केन्द्रित हुनुपर्नेछ । प्राविधिक शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ । आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला । हरेक काममा बन्धु र परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन सामान्य छ । सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ । धार्मिक अभियान्तासँगको सहकार्यले दिन सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन सहज छ । श्रमको मूल्यांकन हुनेछ । गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । परिवारसँग बसेर रमाउने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सानो कुराले मन शान्त बन्नेछ । धनलाभ हुनेछ । व्यापारमा फाइदा हुनेछ । महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । परिवारमा खटपटी बढ्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ । थोरै लगानी भए पनि अम्दानी बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन सामान्य छ । लगानीका क्षेत्रमा घाटा हुनेछ । निजी शिक्षाको लगानीबाट झन्झट आइपर्ने जोखिम छ । परिवारसँगको सम्बन्ध भने सहज बन्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    मन शान्त बन्नेछ । समयको सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ । कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । मिहिनेतको फल मिल्ने छ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुन सक्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑