
आई.आर.के.मैनालीकाठमाडौं, ११ मंसिर — एकीकृत समाजवादी पुनर्गठन अभियानका नेता घनश्याम भूसालले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच भएको एकतालाई अराजनीतिक, असैद्धान्तिक र अवसरवादी भनेका छन्।
एमालेबाट अलग हुने औचित्य तथ्यगत रूपमा स्पष्ट हुन नपाउँदै माओवादीसँग एकता हुनु नेतृत्वको सत्ता मोह र केही नेताको कुर्सी सुरक्षित गर्ने प्रयास मात्र भएको आरोप उनले लगाए।
भूसालका अनुसार वैचारिक र सैद्धान्तिक बहस सम्बन्धी प्रश्न उठाउन खोज्दा आफूलाई पार्टीभित्र बेवास्ता गरिएको थियो। उनले प्रचण्ड–माधवबीचको एकता ‘सैद्धान्तिक बहस नगर्ने सहमति’मा आधारित हुनसक्ने कटाक्ष गरे।
बहुदलीय जनवाद, महाकाली सन्धि, एमसीसी जस्ता मुद्दामा बहस शुरू भएमा कम्युनिस्ट पार्टीभित्र फुट सुरु हुने गरेको उल्लेख गर्दै भूसालले प्रचण्ड–माधवको नयाँ एकता पनि दीर्घकालीन नटिक्ने दाबी गरे।
कम्युनिस्ट आन्दोलनले जनआकांक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै उनले वर्तमान नेतृत्व ‘गिरोह पालेर सत्ता दोहन गर्ने’ दिशामा लागेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस