१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा भएको आगजनी र तोडफोड प्रकरणमा प्रहरीले पछिल्ला दिनमा तीव्र छानबिन अघि बढाउँदै एकपछि अर्को अभियुक्त पक्राउ गरिरहेको छ । अहिले सम्म यस प्रकरणमा पाँच जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये धेरैजसोका विरूद्ध अघिल्ला वर्षमा समेत आपराधिक मुद्दा दर्ता भइसकेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ । छानबिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेको छ ।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार सार्वजनिक भएका फोटो–भिडियो, सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शी सूचनाको आधारमा संयुक्त टोलीले अभियुक्त पहिचान र पक्राउ अभियान सञ्चालन गरिरहेको छ ।
पक्राऊ परेकाहरूमा एलेक्स नेपाली (कुमार पराजुली), २३ वर्ष, मण्डनदेउपुर काभ्रे एलेक्स नेपाली’ नामले चिनिने कुमार पराजुली जेनजी आन्दोलनका क्रममा प्रहरीबाट पेस्तोल, म्याग्जिन र गोली लुटेको आरोपमा पहिले नै पक्राउ परेका थिए ।उनले लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको थियो।उनी काठमाडौंको गल्कोपाखामा रहेको एउटा बारका म्यानेजर समेत हुन्।अहिले सर्वोच्च अदालत जलाएको आरोपमा पनि थप अनुसन्धान भइरहेको छ।
सम्राट (राजु परियार), ३६ वर्ष, ललितपुर–१३ ज्यान मार्ने उद्योगसहित आठ मुद्दा चलेका व्यक्ति।सर्वोच्चमै रहेको प्रहरीको एसएलआर बन्दुक लुटेर सिंहदरबार अगाडि कक गरेको भिडियो–फोटो भाइरल बनेको थियो।पहिले नै आपराधिक उपद्रवमा पुर्पक्षका लागि जेल चलान।अहिले सर्वोच्च आगजनी र तोडफोडमा भूमिकाको आधारमा थप छानबिन।
ज्योति थापा घताने, २८ वर्ष, झापा–भद्रपुर सार्वजनिक फुटेजको आधारमा पक्राउ।जेनजी आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनीमा लागेको आरोप।हाल परिसर भद्रकालीको हिरासतमा। ब्राउन (सुशील श्रेष्ठ), ३० वर्ष, महालक्ष्मी–५ लागुऔषध सम्बन्धी मुद्दामा पहिले पनि पक्राउ परेका।सर्वोच्च परिसरमा तोडफोड/आगजनीमा संलग्न भएको आधारमा पक्राउ। विष्णु ढुंगेल, पूर्व स्ववियू सभापति, नेपाल ल क्याम्पस पूर्व माओवादी पृष्ठभूमि।सर्वोच्च जलाउँदा उनको उपस्थितिको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ। प्रत्यक्ष आगजनीको भिडियो–फोटो नभए पनि उक्साउने भूमिका (instigation) खेलेको आरोप।
सर्वोच्च अदालतमा लागेको आगोका कारण महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए।यससम्बन्धी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भइसकेको छ।आगजनी प्रकरणमा सम्लग्नहरूको पृष्ठभूमि ‘उच्च जोखिम’ आपराधिक इतिहास रहेको देखिन्छ।
सर्बोच्च अदालतजस्तो संवैधानिक निकायमा आगजनी हुनु न्यायिक सुरक्षा, राज्य संरचना र सार्वजनिक सम्पत्तिमाथिको एक गम्भीर हमला मानिन्छ।
प्रहरीले संयुक्त अनुसन्धानमार्फत थप संलग्नहरूको पहिचान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस