भ्रेपलाञ्चोक । मानवरूपी जङ्गलमा लगेर नेतृत्वले छोड्दै छ ‚ त्यसबाट कुन अवस्थाको मान्छे भएर फर्कने भन्ने हामी आफैमा भर पर्छ । जनयुद्धको एजेन्डामा केही तलमाथि भएको छ तर भावी दिनमा सफल सुनिश्चित छ त्यसैको लागि एकता हो ।
उक्त भनाई नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय महाधिवेसन प्रतिनिधि एवं निवर्तमान सांसद सूर्यमान दोङ लालध्वजले नेकपा (माओवादी केन्द्र) पाँचखाल नगर कमिटीले आयोजना गरेको पार्टी एकता सम्बन्धी अन्तिम विस्तारित बैठकको क्रममा बताउनु भएको हो ।
नगर कमिटी अध्यक्ष रमेश गिरीको सभापतितव्मा सम्पन्न उक्त विस्तारित बैठकको प्रमुख अतिथि दोङले थप्नुभयो —हामिले इतिहासलाई नियाल्दै गर्दा विगतमा पनि एकता अनि रूपान्तरण हुँदै आएको छ । कुनैपनि विषयलाई लिएर नयाँ परिवेशमा प्रवेश गर्दै गर्दा कतिपय कुराहरू त्याग्नु पनि पर्छ । विगतमा हाम्रो पार्टी हार्दै गर्दापनि २०७२ मा लोकतान्त्रिक संविधान जारी गर्न सफल भयौं । राजनीतिक दलहरूको केही कमजोरीको फाइदा उठाउँदै भदौ २३ मा जेन्जी आन्दोलन भयो । तर सो आन्दोलनमा दलहरुमाथि पनि आक्रमण नभएको हैन । तर संविधान तथा व्यवस्था विरोधी साथै पुराना मण्डलेको कुनै आक्रमण भएको छैन । केवल माओवादी ‚ एमाले र काँगे्रसकोमा मात्रै आक्रमण भएको छ ‚ यस्तो हुनुको कारण नेपाली जनताले राम्रोसँग बुझेका छन् । आन्दोलनको क्रममा दरबारियाको वकालत गर्ने ‚ रास्वपा साथै भ्रस्टहरुको घर कार्यालय जेन्जीले देखेन । यसो हुदै गर्दा आन्दोलनको चुरो कुरा प्रस्ट भएको छ । प्रमुख अतिथि दोङले भन्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशेष अतिथि नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला इन्चार्ज तेज बहादुर मिजारले एकता प्रकृया हौसलाको साथमा अगाडि बढेको बताउनु भयो । साम्राज्यवादीले निमुखाको विचारलाई ध्वस्त पार्ने रणनीति बनाएको छ ‚ हामी त्यसको विरुद्धमा छौं । उनीहरूको सड्यन्त्रलाई कुनै हालतमा पुरा दिने छैनौ । हामी राजनीतिक एवं सैद्धान्तिक रुपमा एकता गर्दै छौँ । राम्रो फुल फुलाउन सके सबैले मनपराउने छन् ‚ सोही कार्यको लागि एकता प्रकृया अगाडि बढाएका हौं । विशेष अतिथि मिजारले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा केन्द्रिय महाधिवेशन सदस्य एवं बागमती प्रदेश सांसद रुकु चौलागाईले हालको एकताले शरिरमा रहेको हड्िड समेत खुसि हुदै हासेको बताउनु भयो । हामी एकता प्रकृयाको विषयलाई लिएर अत्यन्तै खुसिका साथमा अगाडि बढ्नुपर्छ र सो कार्यमा कोहिपनि साथीहरु छुट्न हुदैन । साथिहरुमा महत्वकांक्षा बढ्न सक्छ त्यो स्वभाविकै हो तर त्यस्तो विषयलाई लिएर नेताहरुले सोच्नु पर्छ । पार्टीले दिएको जिम्मेवारी पुरा गर्न सक्ने ढंगको क्षमताको विकास गर्नुपर्छ । हाम्रो पार्टीमा अहंकार र दम्भ हुनु हुदैन । सांसद चौलागाईले भन्नुभयो ।
कार्यक्रममा पुर्व सांसद एवं माओवादी केन्द्रका नेता गंगा बहादुर तामाङ (बमध्वज) ले भन्नुभयो— हाम्रो प्रमुख पुजी भनेको २०७२ मा जारी गरिएको संविधान हो । सो संविधानले जारी गरेको व्यवस्थालाई वचाउनु हामी सवैको दायित्व हो । यतिखेर संविधानलाई कोमामा पुर्याईएको छ त्यसलाई सहि सलामत ढंगबाट उपचार गर्नुनै नेपाल र नेपाली जनताको हित रहन्छ ।
मुलुकमा शुसिला कार्की नेतृत्वको सरकार बनेको छ तर सो सरकारलाई २०७२ मा जारी भएको संविधानले चिर्न्दैन । कुलमान घिसिंङलाई मन्त्रि बनाईएको छ उनी धादिङ्गको राप्रपाको नेता बुद्धिमान तामाङको ज्वई हुन् । उनिले अकुत सम्पत्ति थुपारेको सर्वविदितै छ ‚ सम्पत्ति सुद्धिकरण गरि छानविन गर्नुपर्नेलाई सरकारमा लग्दैमा के राम्रो होला । पहिला माओवादीसंग निकै नजिक थिए तर उनको आन्तरिक सवै जानकारी भएपछि माओवादीले साथ नदिएको हो । नेता तामाङले बताउनु भयो ।
विस्तारित बैठकमा नेकपा माओवादी केन्द्रको काभ्रे जिल्ला संयोजक भोला अर्यालले पार्टी एकताको आवश्यकता र महत्वको वारेमा आफ्नो धारणा राख्दै एकता प्रकृयाले नेपाली जनताको चाहना अनुसारको कार्य हुने ठोकुवा गर्नुभयो । उहाँले एकता प्रकृयाबाट समस्या आउने नभई सवैखाले चुनौतीको दुर हुने बताउनु भयो ।
त्यसैगरी माओवादी नेता आईतसिं तमाङले पार्टीले पछिल्लो समयमा जे निर्णय गरेर एकता प्रकृया अगाडि बढाएको छ ‚ सो समयको माग अनुसारको कार्य भएको बताउनु भयो । यो प्रकृयालाई हामी सबैले हातेमालो गर्दै अगाडि बढ्नुनै नेपाली जनताको चाहना पार्टीको मिसन पुरा हुनु हो ।
नगर कमिटी सचिव गोकुल गुरागाइ द्वारा संञ्चालित कार्यक्रममा सधाध्यक्ष गिरीले विस्तारित बैठकबाट भएको निर्णयहरु सार्वजनिक गर्दै पाटीै एकताले सधै सकारात्मक संदेस दिने र सो कार्यमा दृड संकल्पको साथमा पाँचखाल नगर कमिटी अगाडि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस