२०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १५  पक्राउ


७४३७ पाठक संख्या
  • २०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । जेनजी (Gen-Z) प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनालाई पक्राउ गरेको छ। गत भदौ २४ गते इलामका विभिन्न सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घटनापछि संकलित प्रमाण र सूचनाका आधारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो। घटनाका कारण सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र सेवाग्राहीलाई समस्या भएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेहरूमा कमल कुमार हलुवाई, विशाल नौभाङ, पवित्तर मल्लिक, होम बहादुर खवास, आदर्श राई, यादव तिवारी, अर्जुन त्रिखत्री, अन्जु राई, सागर संग्रौला, तेज कुमार बिक, अनिष राई, मोहन बहादुर लिम्बु, सुरज गुरुङ, टिकाराम चौहान र सविन राई रहेका छन्।

    प्रहरीले उनीहरूमाथि सार्वजनिक अपराध तथा तोडफोड–आगजनीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र कानुन विपरीतका गतिविधिमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार