काठमाडौं, ३० फागुन ।नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको नाम अन्तिम गर्दै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले समावेशी सिद्धान्त र कानुनी प्रावधानअनुसार विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी नाम टुंग्याइएको जानकारी दिए। उनका अनुसार पार्टीले जनजाति, खस आर्य, थारु, दलित, मधेसी तथा मुस्लिम समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्दै सूची तयार गरेको हो।
नेपालको निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित सांसदका साथै समानुपातिक निर्वाचन प्रणालीमार्फत पनि सांसद चयन हुने व्यवस्था छ। दलहरूले प्राप्त मतका आधारमा समानुपातिक सिट पाउँछन् र सोहीअनुसार निर्वाचन आयोगमा नाम सिफारिस गर्नुपर्छ। आयोगले दलबाट प्राप्त नामावलीको परीक्षणपछि औपचारिक रूपमा सांसद घोषणा गर्ने प्रक्रिया अघि बढाउँछ।
एमालेले सिफारिस गरेका व्यक्तिहरूमा पूर्वमन्त्री तथा अनुभवी नेतादेखि नयाँ अनुहारसम्म समेटिएको बताइएको छ। पार्टीभित्र विभिन्न क्षेत्र, समुदाय र अनुभवलाई सन्तुलित गर्ने प्रयासस्वरूप सूची तयार गरिएको एमाले नेताहरूको भनाइ छ।
जनजाति
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य
खस आर्य
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
– गुरु प्रसाद बराल
– पुष्पराज कंडेल
थारु
– कृपाराम राणा (पुरुष)
दलित
महिला :
– विष्णुमाया वी.के.
– नीता घटानी
मधेसी
महिला :
– रिङ्ला यादव
– यशोधा कुमारी यादव
पुरुष :
– चन्द्रेश्वर मण्डल
मुस्लिम
महिला :
– साजिदा सिद्दीकी

प्रतिक्रिया दिनुहोस