२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

श्रीराम कथा तथा धार्मिक कार्यक्रम आयोजना – पाँचखालमा भक्तजनबाट चन्दाको ओइरो


१२५३३ पाठक संख्या
  • २०८२ चैत्र १०, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनेकोटमा धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप सुदृढ बनाउने उद्देश्यले श्रीराम कथा तथा विविध धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ । स्थानीय स्तरमा सक्रिय “सीता राम मन्दिर निर्माण समिति परिवार”को आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी सञ्चालन भएकोे छ ।
    स्थानिय समाजसेवी नारायण ढकालको अनुसार चैत्र ६  गतेदेखि १७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा प्रत्येक दिन बिहान १० बजेदेखि धार्मिक अनुष्ठान, कथा वाचन तथा भजन–कीर्तन गरिनेछ । कार्यक्रममा श्रीराम कथा वाचनसँगै विभिन्न आध्यात्मिक प्रवचन, सांस्कृतिक प्रस्तुति तथा भक्तजनको सहभागिता रहने आयोजकले जनाएको छ ।
    कार्यक्रमको विशेष आकर्षणका रूपमा प्रख्यात वाचकद्वारा श्रीराम कथा प्रवचन गरिने छ । हिन्दू धर्ममा श्रीराम कथा सुन्ने परम्परा निकै महत्वपूर्ण मानिन्छ, जसले धार्मिक आस्था, नैतिक शिक्षा र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने विश्वास गरिन्छ । कार्यक्रम अवधिभर बिहानदेखि बेलुकासम्म नियमित पूजा, कथा श्रवण तथा भक्तिमय गतिविधि सञ्चालन हुनेछन् । साथै, चैत १७ गते समापनका अवसरमा विशेष पूजाआजा, प्रसाद वितरण तथा सामूहिक सहभागितामा कार्यक्रम सम्पन्न गरिनेछ ।
    स्थानीय बासिन्दा तथा श्रद्धालुहरूलाई परिवारसहित उपस्थित भई पुण्य लाभ लिन आयोजक समितिले आग्रह गरेको छ । यस प्रकारका धार्मिक कार्यक्रमले समाजमा आपसी सद्भाव, सांस्कृतिक संरक्षण तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । पाँचखाल क्षेत्रमा यस किसिमका धार्मिक गतिविधि नियमित रूपमा हुँदै आएका छन्, जसले स्थानीय समुदायलाई एकीकृत गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
    धार्मिक कार्यक्रममा उत्साहजनक सहयोग ः चन्दादाताहरूको सक्रिय सहभागिता

    चैत्र ६ गतेबाट सुरु भई १७ गतेसम्म सञ्चालन हुने धार्मिक कार्यक्रममा दानवीर चन्दादाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। कार्यक्रम सफल पार्न स्थानीय तथा बाह्य क्षेत्रका श्रद्धालुहरूबाट नगद तथा जिन्सी सहयोग गर्ने क्रम निरन्तर जारी रहेको आयोजकले जनाएको छ।

    उक्त कार्यक्रममा हालसम्म निम्न दानवीरहरूबाट सहयोग प्राप्त भएको छः

    एभरेस्ट रंग कम्पनी – रु ५४,०००
    तुलसी प्रसाद सापकोटा – रु २८,२१३
    दिनानाथ काफ्ले – रु २५,०५५
    नारायण ढकाल – रु २५,०००
    अशोक दाहाल – रु १७,६११
    रामशरण बजगाई – रु १५,१५०
    प्रल्हाद तथा रेजिना घिमिरे – रु ११,१११
    लालचन्द्र दाहाल – रु ११,१०५
    खुजलाल गौतम – रु १०,५५०
    हरिप्रसाद लम्साल – रु १०,५००
    कमला सुनाम – रु १०,१२५
    हिराकाजी सापकोटा – रु १०,११०
    केशव प्रसाद दाहाल – रु १०,००५
    मुक्तिनाथ दाहाल – रु ६,१५१
    संगिता परियार – रु ५,१२०
    लक्ष्मण शिवभक्ति – रु ५,१००
    नवराज चौलागाई – रु ५,०२५
    पाँचखाल भ्याली सहकारी – रु ५,००५
    पुरुषोत्तम लुइटेल – रु ५,००५
    हरिराम सापकोटा – रु ३,०५५
    सुस्मिति दाहाल चौलागाई – रु २,१०५
    पुरुषोत्तम पोखरेल – रु २,१००
    भक्रमदेवी गाईपालन – रु २,००५
    केदार लुइटेल – रु २,०००
    वसुदेव दाहाल – रु १,५१५
    सोमप्रसाद सापकोटा – रु १,५००
    देविप्रसाद खनाल – रु १,१५५
    नारायण प्रसाद दुलाल – रु १,१२५
    ध्रुव प्रसाद कोईराला – रु १,१११
    सुभद्रा दाहाल – रु १,१११
    विष्णु प्रसाद पराजुली – रु १,१०५
    कमला दंगाल – रु १,१००
    राधा खतिवडा – रु १,०५५
    गीता कोईराला – रु १,०५५
    बासदेव दंगाल – रु १,०५०
    मिठु खतिवडा – रु १,०२०
    मनोज सुनाम – रु १,०२०
    डोलकुमारी पौडेल – रु १,०१०
    हिरादेवी बजगाई – रु १,००५
    नीलकुमारी अर्याल – रु १,००५
    सरोजराज गिरी – रु ५१०
    जिन्सी (सामग्री) सहयोग गर्ने दाताहरूः
    हरिराम विश्वकर्मा (पाँचखाल–२) – गजुर १ थान
    रामेश्वर दाहाल (दाजुभाइ) (पाँचखाल–२) – सीताराम मूर्ति
    ओमकार श्रेष्ठ (पाँचखाल–४) – च्यानल गेट तथा पाला स्टाइन
    शर्मिला लम्साल अर्याल – १०८ पाला
    राम चौलागाई (पाँचखाल–२) – इट्टा १,००० पिस
    शोभा खरेल – घण्टी १ थान
    शिता सापकोटा (पाँचखाल–२) – घण्टी १ थान
    यसरी नगद तथा जिन्सी दुवै प्रकारका सहयोगले धार्मिक कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुगेको छ । कार्यक्रमको आयोजना भएको पाँचौ दिन सम्ममा रु २,९९,६५८ (दुई लाख उन्नाइस हजार छ सय अन्ठाउन्न) संकलन भएको छ

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार