२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

आज बैशाख २१ आइतवार को राशिफल


६६३१ पाठक संख्या
  • २०८२ बैशाख २१, आईतबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    सामाजिक सञ्जालमा बोल्दा विशेष ध्यान दिनुहोला। आँटेको कार्य रोकिन सक्ला साबधान रहनुहोस्। व्यापार व्यवसायमा परिवारको साथ मिल्नेछ। कार्यक्षेत्रमा धेरै खट्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    साहसिक कार्य गर्ने समय रहेको छ। मेहनतको राम्रो प्रतिफल मिल्नेछ। घरपरिबारसँग मिठो समय व्यतीत हुनेछ। व्यापारमा नयाँ कार्य थालनी गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    पारिवारिक जमघटको विच स्वादिष्ट भोजनको प्राप्ति होला। नियमित कार्य गर्दा समय र अवस्था परिवर्तन गर्नुपर्ला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। समाजमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा धैर्यताको कमीले गर्दा सहयोगीसँग विवाद बढ्न सक्छ। राजनीतिक परिवेशमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कार्यक्षेत्रमा अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। कानुन विपरीत कार्य नगर्नुहोस्। वैदेशिक रोजगारका नयाँ अवसरहरू फेला पर्नेछन्। खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    इष्टमित्रहरूसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेका कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा कार्यको व्यस्तताले घरपरिवारलाई समय दिन नसकिएला। आँटेको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    नयाँ अनुबन्धहरू कारोबार विस्तारमा सहायक हुनेछन्। विद्यार्थीहरूको तर्कशक्ति वृद्धि हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। घरको सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। गर्न नसक्ने वाचा नगरौँ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    रोजगारबाट लाभ प्राप्त हुनेछ। प्रशासनिक काममा बाधा आउनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आम्दानीभन्दा खर्चमा वृद्धिले मन अशान्त रहनेछ। व्यापार व्यवसायमा सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा पिताबाट सहयोग मिल्नेछ। जग्गा जमीनबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार