छोटो मिठो दुरिको यात्रा गर्नुहुनेछ। मित्रजनहरूसंग भेटघाटले मन प्रसन्न रहला। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धर्मकर्ममा मन जानेछ। शैक्षिक सफलता मिल्नुको साथै नयाँ रोजगारको अवसर पाउनुहुनेछ। दिनको उत्तरार्धमा शुभ खबर सुन्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
प्रेमी वा प्रेमिकासँग भेटघाटले मन प्रसन्न रहला। यात्रा गर्दै हुनुहुन्छ भने दही खाएर यात्रामा निस्कनुहोस्। दैनिक कार्यमा साथिभाइहरुले साथ र सहयोग दिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
आजको दिन हजुरको सामान्य नै रहेको छ। कार्यक्षेत्रमा सोचेभन्दा थोरै लाभ मिल्नेछ। विश्वासपात्र व्यक्तिहरूबाट धोका पाउन सक्ने सम्भावना रहेको छ सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कार्यक्षेत्रमा सफलता हात पार्न धेरै सङ्घर्ष गर्नुपर्ला। स्वास्थ्यमा गडबडी आउन सक्छ खानपानमा ध्यान दिनुहोस् । सञ्चित धन खर्च हुने सम्भावना छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
व्यापार व्यवसाय गर्नको लागि सामान्य दिन रहेको छ। विद्यार्थी वर्गहरूको लागि दिन सामान्य रहेको छ। मातापिताको आशीर्वाद लिएर अघि बढ्नुहोस् सफलता हात पार्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
दैनिक कार्यमा सोचेभन्दा कम लाभ मिल्नेछ। सन्तानको प्रगति देखेर मन हर्षित रहला। आफन्तजनहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
मन चञ्चल रहनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। सामाजिक कार्यमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो रहेको छ भने शुभ अंग ८ रहेको छ।
धर्मकर्ममा रुचि जाग्नेछ। पठनपाठनमा मन जानेछ। आजको दिन सात्विक रहनुहोस्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
सामाजिक कार्यमा आजको दिन बित्नेछ। वादविवादमा फस्ने सम्भावना रहेको छ सजग रहनुहोस्। इच्छापूर्तिको लागि संघर्ष गर्नुपर्ने हुन्छ। विद्यार्थीहरूको पढाइमा मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
वैदेशिक यात्राको लागि सफलता हात पर्ला। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ। धैर्यताका साथ अगाडि बढ्नुहोस् सोचेको भन्दा राम्रो सफलता पाउनुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
शारीरिक रूपमा कमजोर रहने दिन रहेको छ। सवारी साधन चलाउँदा ध्यानपूर्वक चलाउनुहोला। दैनिक कार्यमा ढिलासुस्ती हुनेछ। माछालाई खाना ख्वाउनुहोस् दिन शुभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

प्रतिक्रिया दिनुहोस