२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

आज आषाढ ६ शुक्रवार को राशिफल


५२५३ पाठक संख्या
  • २०८२ अषाढ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    वैदेशिक रोजगारमा लाभका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। अर्थ अभावले गर्दा गरिरहेको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    कार्यक्षेत्रमा सोचे अनुरूप सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू फेला पर्नेछन्। नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा राम्रो फड्को मार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारा कार्यहरू सजिलै सम्पादन हुनेछन्। नेतृत्व क्षमता प्रकाशमान हुनेछ। घर परिवारको साथ मिल्नाले मनलाई सन्तोष मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आत्मविश्वासमा कमी रहनेछ। राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। आध्यात्मिक क्षेत्रमा मन रमाउनेछ। कार्य व्यस्तताले शरीरमा थकान महसुस हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सक्नुहुनेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। जीवनसाथीको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    पहिलाका हरहिसाब नमिल्लाले व्यवसायमा समस्या पर्न सक्छ। अवसरवादीहरूबाट सावधान रहनुहोला। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    चुनौतीपूर्ण दायित्वको निर्वहन गर्नुपर्ला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    इष्टमित्रहरूको सहयोग मिल्नेछ। पारिवारिक सद्भावमा कमी आउनेछ। पारिवारिक सम्बन्धमा संवादद्वारा समस्याहरू सुल्झिनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    राजनीतिक क्षेत्रमा नयाँ अवसर खोज्ने समय रहेको छ। आत्मविश्वास वा दृढ इच्छाशक्तिले असम्भव कार्यलाई पनि सम्भव पार्न सकिनेछ। घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सञ्चित धनमा वृद्धि हुनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। बोलिको प्रभावले रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    समाजमा मान प्रतिष्ठा बढ्नेछ। कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। जीवनसाथीको सरसल्लाह मानेर अगाडि बड्दा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार