२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

आज आषाढ १४ शनिवार को राशिफल


११०२५ पाठक संख्या
  • २०८२ अषाढ १४, शनिबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित हानि मिल्ला। पुराना साथीसँग भेटघाटको अवसर जुट्नेछ। नवीन रोजगारको सम्भावना रहेको छ। पारिवारिक जिम्मेवारीमा समय व्यतीत होला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    कुनै कुराले गर्दा मन उत्साहित रहनेछ। जोश र जागरले नँया अवसर फेला पार्न सकिनेछ। चुनौतीपूर्ण कार्य निर्वहन गर्नुपर्ला। आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    कार्यक्षेत्रमा आफ्नो कार्यप्रति ईमान्दार रहनुहोस्। आर्थिक क्रियाकलापमा संलग्न रहनुपर्ला। समयलाई आफ्नो अनुरूप चलाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कार्यक्षेत्रमा सावधान भएर निर्णय लिनुहोला। आँटेका कार्य बन्नाले अरु कार्यमा जोश जाँगर जाग्नेछ। आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित पार्न सफल भइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आयस्रोतका नयाँ अवसर जुट्नाले मन प्रसन्न रहनेछ। साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा रुकावट आउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    व्यापारबाट सजिलै लाभ प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। रोजगारका नयाँ अवसरहरू फेला पर्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रतियोगितात्मक क्रियाकलापमा लाभ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको सुरुवात गर्ने समय रहेको छ। न्यायिक क्षेत्रमा पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आँटेका कार्य सम्पादन हुनेछन्। नँया नोकरीमा सफलता मिल्नेछ। दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ। व्यापार व्यवसायमा गोपनियताको ध्यान राख्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    स्वास्थ्य सबल रहनेछ। हर्ष र प्रसन्नताको साथमा समय बित्नेछ। आलस्य न त्यागे आँटेका काममा सफलता मिल्न गाह्रो रहेको छ। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    पारिवारिक विषयवस्तुमा अलमलिदा कार्यक्षेत्रमा बाधा आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारसँग मिठो समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    प्रतिस्पर्धामा सफलता पाइनेछ। शत्रुहरू हार खानेछन्। आर्थिक कारोबारमा नयाँ अनुबन्धहरू सोचविचार गरेर गर्नुहोला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार