२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

आज आषाढ ३० सोमवार को राशिफल


७६७१ पाठक संख्या
  • २०८२ अषाढ ३०, सोमबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। माननीयजनको सहयोगले रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    मेहनतले नाम, काम, दाम र इनाम दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। नयाँ कामप्रति उत्साह जाग्नेछ। योजना बनाएर काम गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आकस्मिक धनलाभका योग छन् साथै भाग्यको साथ मिल्नेछ। नैतिक मर्यादा पालन गर्दै प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। धर्मकर्मतर्फ प्रवृत्त भइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अरुको बिषयमा चासो लिदा व्यर्थमा उल्झिनुपर्ला। स्वास्थ्यको लागि खानपिन र व्यायाममा ध्यान पुर्‍याउनुहोस्। रचनात्मक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    साहसिक कार्य गर्ने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। दिगो फाइदा हुने कार्य प्रारम्भ हुनेछ। रमाइलो यात्रा वा आफन्तहरूसँग भेटघाटको अवसर जुट्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    मिडिया वा चलचित्रको क्षेत्रबाट मानसम्मानमा कमी आउनेछ। आलस्यले गर्दा कार्य सम्पादनमा समय लाग्नेछ। लगनशीलताले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    सन्तान पक्षबाट सहयोग मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। शत्रु र रोगबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आश्वासन दिनीहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएपनि तत्काल प्रतिफल मिल्न गाह्रो रहेको छ। परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    साथीभाइहरुबाट राम्रो सहयोग मिल्नेछ। भौतिक संसाधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। रोकिएका कार्य पुनः प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। नयाँ खोज वा अनुसन्धानबाट ख्याति प्राप्त हुनेछ। पहिलाका कमी कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन उत्साहवर्धक रहनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    फजुल खर्च बढ्नुका साथै सञ्चित धनमा कमी आउन सक्छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। उपलब्धिका लागि कठिन मेहनत गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार