आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिला गरेको कार्यबाट प्रशस्त लाभ रहनेछ। कृषिमा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। दाजुभाइमा आत्मियता बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
आजको मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ। सेवामूलक कार्यबाट विशेष लाभ रहनेछ। कार्यक्षेत्रमा विभिन्न अवसरहरूले पछ्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
अध्यात्म भाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्यसम्पादनमा केही बिलम्ब होला। मेहनतले गर्दा लक्ष्यमा पुगिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
पायक स्थानमा भ्रमणका योग छन्। विश्वास पात्रबाट धोखा पाइएला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
काममा साथीभाइहरूको सहयोगले मनम उत्साह जाग्नेछ। बोलीले गर्दा बनिरहेको कार्यमा बाधा आउनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।
पहिलाको सफलताले थप कार्यमा हौसला जगाउनेछ। शत्रु परास्त हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
प्रयत्न गर्दा विभिन्न अवसर जुटाउन सक्नुहुनेछ। सन्तान पक्षलाई लिएर मन चिन्तित रहनेछ। योजना बनाएर नयाँ कार्य थाल्नु सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
शत्रुहरू परास्त हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
बोलीमा प्रभाव बढ्नेछ। उत्तम भोजनको प्राप्ति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
दिन अनुकूल रहनेछ साथै सुख र आनन्दको प्राप्ति हुनेछ। विशिष्ट व्यक्तिहरूबाट उपहार पाइएला। आकस्मिक धन खर्चका योग छन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
व्यापार व्यवसायमा लाभ रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग परामर्श लिनुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
व्यर्थ कार्यमा समय र ऊर्जा खपत हुनेछ। फजुल खर्चबाट बच्नुहोस्। महत्वकांक्षी योजनाहरू सफल हुनमा बाधा आउनेछ। स्वास्थ्य लाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया दिनुहोस