२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज भाद्र ९ सोमवार को राशिफल


८४२५ पाठक संख्या
  • २०८२ भाद्र ९, सोमबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बौद्धिक र तार्किक क्षमतामा विकास हुनेछ। परिस्थिति अनुसार चल्ने प्रयास गर्नुहोस् नभए पछि पर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    महत्त्वपूर्ण योजनाहरूलाई तत्काल सार्वजनिक नगर्नुहोला। मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिएला। घरपरिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    फाइदाका लागि साइनो गास्नेहरूबाट टाढा रहनुहोस्। घरायसी आवश्यकतामा खर्च बढ्नेछ। उद्योग व्यापारबाट विशेष लाभ उठाउन सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    बोलिको प्रभाव बढ्नेछ। घरपरिवारमा मनोरन्जनात्मक समय बित्नेछ। आफ्नो अभिव्यक्तिको कलालाई निखार्ने समय रहेको छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कार्यक्षेत्रमा सक्रिय भूमिका निभाउन सक्नुहुनेछ। विपरीत परिस्थितिमा पनि लाभ प्राप्त गर्न सकिएला। तारिफ योग्य कामले प्रसद्धि दिलाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    मनोबलमा कमी आउनेछ। विशिष्ट व्यक्तिको कुरालाई वेवास्था नगर्नुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस्। छिटो फल प्राप्त गर्ने आशाले समस्या निम्त्याउँला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आम्दानीका नयाँ स्रोतहरू फेलाहरू पर्नेछन्। निर्माणसम्बन्धी कार्यमा सफलता मिल्नेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    कामको सन्दर्भमा शुभचिन्तकहरूको साथ मिल्नेछ। आत्मबलमा वृद्धि हुनेछ। नयाँ योजनाको रूपरेखा त‌ैयार गर्न सकिनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। लेखन वा चित्रकलामा सफलता मिल्ला। सामाजिक सञ्जालमा विशेष उपलब्धि प्राप्त हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    रोकिएका कार्य दोहोराएर गर्दा सफलता मिल्नेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। आर्थिक क्रियाकलापमा बाधा आऊनेछ। आजको शुभ रङ हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    विवादित मुद्दा मामलाहरू सुल्झिनेछन्। पहिलाको सफलताले थप हौसला जाग्नेछ। प्रतिस्पर्धीलाई पछाडि पारेर अगाडि बढ्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    कार्यक्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। नयाँ कार्यहात लिनुभन्दा अघि विचार पुर्‍याएर निर्णय लिनुहोस्। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार