२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज आश्विन ३ शुक्रवार को राशिफल


७०४७ पाठक संख्या
  • २०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    अरुको कार्य सन्दर्भमा चासो लिनुको अपेक्षा आफ्नो काममा ध्यान दिनुहोस। आध्यात्मिक चर्चामा भाग लिनाले मानसिक शान्ति रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आफ्नो परिवारमा गोपनीयता बनाएर राख्नुहोस्। घरेलु आवश्यकतालाई प्राथमिकता दिनुहोस्। समस्या दर्शाउँदा सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    मित्रहरूको साथ र सहयोग पाइनेछ। अध्ययन र अध्यापनमा आइरहेको बाधा समाप्त हुनेछ। सामूहिक कार्य गर्दा सबैसँग विचार विमर्श गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सन्तान पक्षबाट सुख मिल्नेछ। व्यापार विस्तारलाई लिएर गरिएको यात्रा सफल रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    मेहनत वा परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    वैदेशिक रोजगारमा सफलता मिल्नेछ। फजुल खर्चदेखि बच्नुहोस्। घरपरिवारमा अकारण विवादको कारण मनोबल गिर्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रशासनिक वा सरकारी मामलाहरू सुल्झिनेछन्। सामाजिक संघ समारोहमा हजुरको अग्रगण्य भूमिका रहनेछ। कारोबार विस्तारलाई योजना कोरिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    कार्यक्षेत्रमा कसैमाथि झट्टै विश्वास नगरिहाल्नुहोला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सन्तानको करियरमा नयाँ दिशा मिल्नेछ। धैर्य क‍ो साथ काम गर्नुहोस् परिस्थिति हजुरको अनुकूल रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    जीवनसाथीको सहयोगले आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    घर परिवारमा मांगलिक कार्यक्रमहरूमा सहभागी भइएला। प्रेम र मित्रताको बन्धन कसिनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। पुरानो रोगले सताउनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    घरेलु जरुरत पूर्तिको लागि अतिरिक्त खर्च हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार