२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज आश्विन १२ आइतवार को राशिफल


८०३५ पाठक संख्या
  • २०८२ आश्विन १२, आईतबार मा प्रकाशित १0 महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    योग्यताले शत्रहरू पराजित हुनेछन्। परिवारको सहयोग नमिल्नाले मनोबलमा कमी आउनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आर्थिक पक्षलाई सबल बनाउनको लागि नयाँ बाटोहरू खुल्नेछन्। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    कारोबार विस्तारलाई लिएर बाधा आउनेछ धैर्य राख्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा सहकर्मीहरूबाट सहयोग पाइएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कार्यक्षेत्रमा नियमित कामलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसायमा मित्रवर्गहरूको साथ र सहयोग मिल्नेछ। चिकित्स्या वा शिक्षाको क्षेत्रमा नयाँ चुनौतीहरू आउनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कार्यको सन्दर्भमा विशिष्ट जनहरूको साथ मिल्नेछ। दिगो कामको जग बसाउने अवसर मिल्नेछ। तारिफ योग्य कामले उपकार गर्न सकिनेछ। आय सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    पहिला गरेका कार्यबाट प्रशस्त लाभ मिल्नेछ साथै नयाँ कार्य प्रारम्भ पनि गर्न सकिनेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ साथै जनसमर्थन मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    व्यापारमा लगानी बढाउनुपर्ने स्थिति निर्माण हुन सक्छ। कार्यक्षेत्रमा अनजान व्यक्तिको विश्वास गर्दा धोखा पाइनेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। सोचे जस्तो नतिजा तत्काल प्राप्त नहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आफन्तहरूले अलमल्याउँदा कार्यसम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्ना कमी कमजोरी ठीक गर्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको गलत अर्थ लाग्नाले वादविवाद पर्ने सम्भावना रहेको छ। लगनशीलताले लक्ष्यमा पुग्न गाह्रो नहोला। शुभ समाचार पाउनाले परिवारजनहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    व्यापार व्यवसायमा धन लाभ हुनेछ। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि साथीभाइहरूले राम्रो सहयोग दिनेछन्। आँनलाइन लेनदेन गर्दा होस पुर्याएर गर्नुहोला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। अप्रिय लागे पनि अरुको कुरालाई महत्व दिनुहोस्। मौसमी बिमारीबाट आफूलाई जोगाउनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    पुराना निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार