२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

आज आश्विन २२ बुधवार को राशिफल


१०४५३ पाठक संख्या
  • २०८२ आश्विन २२, बुधबार मा प्रकाशित ९ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    रचनात्मक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा सहायता मिल्नेछ। पायक स्थानमा भ्रमण का योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    व्यस्तताको कारण कुनै पनि कार्य समयमा सम्पादन हुन गाह्रो रहेको छ। कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। आत्मबलमा कमी रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    परिवारमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। कार्यक्षेत्रमा समय अनुसार प्राथमिकतालाई ध्यान दिएर कार्य गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    विचार नगरी वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। भाग्यको साथ मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सचेत रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    टाढाका इष्टमित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। चिताएका कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। परिवारलाई समय दिने प्रयास गर्नुहोला। मांगलिक कार्यको रूपरेखा बन्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज कार्यक्षेत्रमा उत्साह र उमंगको सृजना हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ। नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको साथ मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ हेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। आर्थिक रूपमा दिन राम्रो रहेको छ। नकारात्मक विचारबाट टाढा रहनुहोस्। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आफन्तहरूसंग जमघटमा रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग रात‍ो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    बोली र व्यवहारमा सावधानी अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च हुन सक्छ। अरुलाई सल्लाह दिनबाट बच्नुहोला। यात्रा अलि कष्टदायक रहनेछ सावधान भएर गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार