सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
व्यवहारमा प्रतिक्रियात्मक कुरा गर्दा विचार पुर्याउनुपर्ने हुन्छ। नोकरी वा पेशामा मिथ्या प्रशंसा गर्नेहरूसँग टाढा रहने प्रयास गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। सामाजिक सञ्जालमा नयाँ पद मिल्ने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक २ रहेको छ।
आफूले आफैलाई समय दिने प्रयास गर्नुहोस्। आध्यात्मिक वा मानसिक शक्तिको विकासको लागि ध्यान केन्द्रित गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
आफूले गरेको संघर्षबाट लाभ मिल्नेछ। आफ्नो व्यवहारमा शिष्टताको भावना कायम राख्नुहोस्। नोकरी वा पेशामा अधिकार बढ्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ। आयका नयाँ स्रोतहरू खुल्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। अरुको वादविवादमा आफू अगाडि नपर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
आर्थिक पक्ष सबल रहनेछ। सरकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। राज्य पक्षबाट पनि सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहनेछ आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
अनावश्यक खर्च बढ्नेछ। वैदेशिक स्वरोजगारमा बाधा आउन सक्छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्राबाट लाभ पाइनेछ। खानपान विशेष ध्यान दिनुपर्ने हुन्छ सादा भोजन गर्ने प्रयास गर्नुहोला। राजनीतिक क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। आफूभन्दा ठूला दाजुभाइहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताको उचित इनाम मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
उद्योग जगतमा नयाँ कार्यको प्रारम्भ हुनेछ। पुरानो मित्रसँग भेटघाटले मन प्रसन्न रहनेछ। सरकारी योजनाहरूको लाभ मिल्नेछ। बोलीचाली वा व्यवहारमा परिवर्तन आउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
प्रगतिका नयाँ मार्गहरू खुल्नेछन्। कुनैपनि कार्यमा भाग्य भन्दा कर्ममाथि विश्वास राख्नुहोस्। गलत सङ्गतबाट थोरै सचेत हुनुपर्ने समय रहेको छ। संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
आजको दिन प्रशन्नतामा बित्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। उत्साहपूर्ण दिन रहेको छ। कार्यक्षेत्रमा सजग भएर कार्य गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।





प्रतिक्रिया दिनुहोस