२०८३ आश्विन २३, शुक्रबार | Fri, 09, Oct, 2026

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल


१७६९ पाठक संख्या
  • २०८३ आश्विन २२, बिहिबार मा प्रकाशित १ दिन अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र राजनीतिमा पहुँच विस्तार हुनेछ । चिकित्सकको निगरानीमा भए रोगबाट मुक्त हुने दिन छ । साथीको सहयोग मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य छ । सञ्चित धन खर्च हुँदा मन अशान्त हुनेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा दिन सहज बन्नेछ । पठनपाठनमा मन जानेछ । घरको वातावरण शान्त बन्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन सहज छ । आफन्तको साथ र सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा मिहेनत गरेमा सफलता हात लाग्नेछ । स्वदेशमा रोजगारीको विकल्प देखिनेछन् ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन राम्रो छ । परिवारको साथमा बसेर रमाइलो गर्ने योग छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । रोगले सताउने जोखिम छ । पारिवारिक मेलमिलाप हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    स्वास्थ्यले साथ दिनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । कृषिमा दूधको व्यापार गर्नु फाइदा हुनेछ । दाजुभाइसँगको मनमुटावले मन दुख्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    खर्च बढ्नेछ । असफलतासँग नडराई काममा निरन्तरता दिनु आवश्यक देखिन्छ । विदेशको मोह त्यागेर स्वदेशमा मिहेनत गर्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    शुभग्रहको बहुमत भएकाले दिन राम्रो बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन् । परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा नाफा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट लाभ हुनेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन राम्रो छ । मनमा उत्साह लिएर लगानी गर्नुपर्नेछ । आजको निर्णय दीर्घकालीन बन्ने भएकाले निर्णय गर्नु अगाडि सोच्नुपर्ने छ । बिहान उठेर शिवको भजन गरेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज शुभ समाचार आउनेछ । स्वास्थ्यामा सुधार हुनेछ । समाजसेवाको अवसर मिल्नेछ । मनमा अशान्ति बढ्नेछ । परिवारबाट अपमानित भएको महसुस हुनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज सतर्क हुनुपर्ने दिन छ । स्वास्थ्यमा समस्या देखिनेछ । शत्रु बढ्ने भएकाले परिवारको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । आलस्यता बढ्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । घुमफिरको योजना बन्नेछ । सम्पत्तिलाई मात्र हेर्दा इज्जत गुम्ने खतरा छ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सामाजिक शिक्षामा भन्दा पनि निजी शिक्षामा लगानी गर्दा फाइदा हुनेछ । राजनीतिक गर्नेसँग भने सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । आज थोरै बोल्नु उपयुक्त हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑