२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

२४ घण्टामा ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि


४४४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ६, शनिबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् ।दैनिक संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको ब्राजिलमा आज शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो संख्या ब्राजिलमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक हो । योसँगै ब्राजिलमा संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार