
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।
विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ ।
यसअघि विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिने लगायतका विकल्प खुला गरेको थियो तर त्रिविले भने अनलाइन या विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।





प्रतिक्रिया दिनुहोस