
काभ्रे । कोरोनको महामारीको कारण काभ्रे मालपोत कार्यालयबाट दिदै आएको सेवा अशोज ३० गते सम्मको लागि स्थगित गरेको छ ।
प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीका अनुसार कार्यालयमा रहेका केही कर्मचारीहरुलाई कोरोना पुष्टि भएको र उहाँहरुका संसर्गमा आएका अन्य कर्मचारीहरु क्वारेन्टाईनमा रहनुपर्ने भएकोले जनशक्तिको अभाव साथै सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै आज (शुक्रबार) अशोज २३ गतेबाट ३० गते सम्मका लागि कार्यालयबाट दिदै आएको सेवा नदिने बताउनु भयो ।
प्रमुख मालपोत अधिकृत भण्डारीले भन्नुभयो मालपोत कार्यालयमा सेवाग्राहीहरुको चाप वढि हुनेभएकोले उहाँहरुको स्वास्थ्य सुरक्षाको बिषयमा समेत ध्यान दिदै मालपोत कार्यालयकै कारण कोरोना संक्रमण फैलन नपाओस भन्ने उद्देस्यले कार्यालयबाट दिदै आएको सेवा बन्द गरेको बताउनु भयो । कार्यालय बन्द हुंदा सेवाग्रहीहरुलाई असुबिधा भएपनि सेवाग्राहीको साथै कर्मचारीहरुको स्वास्थ्य सुरक्षा साथै रोग फैलन नदिनको लागि कार्यालयबाट दिदै आएको सेवा बन्दा गरेको प्रमुख भण्डारीले बताउनु भयो ।






प्रतिक्रिया दिनुहोस