२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

चउरमैै बसेर सेवाग्रहीलाई सेवा दिदै पाँचखाल नगर


४५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालीका कार्यालयमा मत गणाना कार्य हुदै गरेकोले कार्यालय खोलेर सेवाग्रहीहरुलाई सेवा दिन असमर्थ भएको हुंदा अत्यावस्यक सेवा दिनको लागि नगरका प्रमुख प्रसाशकिय अधिकृत चउरमा पलेटी कसेर बस्नुभयो ।

    पाँचखाल नगरका प्रमुख प्रसाशकिय अधिकृत शिवप्रसाद हुमेगाईले सेवाग्रहीहरुलाई समस्या नपरोस भन्दै उक्त ढंगबाट सेवा दिएको जानकारी प्राप्त भएको छ ।

    पाँचखाल नगरपालिकाको वडा नं १३ मा विवादका कारण मतदान कार्य स्थगित भई ३ गते पुन मतदान कार्य सम्पन्न भएपछि सोहीदिन रातीबाट मतगणाना कार्य सुरु भयो । मतदान कार्य सम्पन्न गर्न करिव १० दिन लाग्ने भएकोले नगरमा अत्यावस्यक सेवा लिन आउने सेवाग्रहीहरुलाई सहज रहोस भनि नगर कार्यालयको हातामा रहेको आँप बगैचामा बसेर सेवाग्रहीलाई सहज ढंगबाट सेवा दिनको लागि तयारी अवस्थामा रहेको प्रमुख प्रसाशकिय अधिकृत हुमेगाईले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार