२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

आजको मौसम पूर्वानुमान


७८७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण २४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले अहिले सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेको पहाडी भू(भागका पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार