२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

पकेटमारा काभ्रेली युवालाई प्रहरीले झ्याप


५५३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रेपलाञ्चोक/ सार्वजनिक बसमा यात्रुको पकेट मार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ६ का २७ वर्षीय बिनोद मगर रहेका छन् ।

    उनलाई इलका प्रहरी कार्यालय बनेपाको टोलीले भदौ २१ गते बनेपा नगरपालिका वडा नं ७ स्थित चारदोबाटोबाट पक्राउ गरेको हो ।

    बिनोदले भदौ २१ गते धुलिखेलबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ७०७४ नं को भाडा बसमा सवार धुलिखेल नगरपालिका वडा नं ११ बस्ने ४४ वर्षीया गंगा देवी बडालले बोकेको ब्यागबाट पञ्चानब्बे हजार आठ सय रुपैया  झिकेर उम्किन लागेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको अधिकृत सहितको टोलीले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    पक्राउ परेका बिनोदलाई भदौ २२ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार