२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

सहकारी कर्मीका लागि नेतृत्व विकास तालिम


९१६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रेपलाञ्चोक । विन्धवासिनी साकोसले आफ्नो कार्यक्षेत्रभित्र रहेका सदस्य समूह र सहकारीमा आधारित अभियान्ताहरुलाई एकदिने नेतृत्व विकास तालिम दिएको छ ।

    २९औं वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा संस्थाले निर्वाचन निर्देशिका २०६६ को व्यवस्था बमोजिम संस्थाको आगामि निर्वाचनका लागी ईच्छुक संभावित समिति उपसमिति र सदस्यहरुलाई सूचित गरी कार्यक्रम रहेको संस्थाका अध्यक्ष प्रदीप थापाले जानकारी गराउनुभएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले सहकारी ऐन, नियमावली, मापदण्ड, निर्देशन र सहकारी सम्वन्धी प्रचलित कानूनी व्यवस्था र हाल सहकारीमा देखिएका समस्या सम्वन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुदै उहाँले संचालक समितिको एवं उपसमितिको दायित्व र कर्तव्यका बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको छ ।

    यसैगरी नेफ्स्कुन एवं अक्कुका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले नेतृत्व विकास र सहकारीमा संचालक समिति एवं लेखा सुपरिवेक्षण समिति तथा उपसमितिको जिम्मेवारी दायित्व तथा निर्वाह गर्नुपर्ने भूमिकाका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
    कार्यक्रममा १ सय ५ जना भन्दा वढी नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सदस्यहरुको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा संस्थाका नीति नियम, कार्यविधि, लगायत संस्थाले संचालन गरेका वित्तीय तथा गैह्र वित्तीय सेवाको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के।वि लामा स्याङ्तानले कार्यपत्र मार्फत प्रस्तुत गर्नुहुँदै सहभागीहरुलाई स्वागत संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो । तालिमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप थापाले गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार