२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


५५२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २९, बुधबार मा प्रकाशित ३ साल अघि
  • हाल देशभरको मौसममा आंशिक देखि सामान्य  बदली  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेका स्थानका पहाडी तथा भिरालो जमिनमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै, सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार