काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा केन्द्रिय कार्यालय रहि जिल्लाभर कार्यक्षेत्र भएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले संस्थाको विकासको लागि भावी रणनीतिक योजना निर्माणको खातिर पूर्वी नेपालमा रहेका अव्बल सहकारी संस्थाहरूको अध्ययन अवलोकन गरेको छ ।
शेयर सदस्यहरूको हितको साथै सामाजिक कार्यमा समेत योगदान पुर्याउने उद्देश्यले २०६१ सालमा स्थापना भएको सहकारी संस्थाले आफ्नो उद्देश्य अनुसारको कार्यलाई निरन्तरता दिदै आएको छ । सहकारीको नीति ‚ विधि र पद्धतिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने क्रममा सहकारी स्थापनाको छोटो समयमा शेयर सदस्य र वाल सदस्य गरी १५ हजार रहेका छन् । १० करोड शेयर पुँजी झण्डै ११ करोड जगेडा कोष ‚ करिव ७५ करोड बचत लगायत एक अरब २५ करोड हाराहारी सम्पत्ति रहेको संस्थाले भावी रणनीतिक योजनाको लागि चार दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ ।
संस्थाका वर्तमान अध्यक्ष बाबुकाजी पराजुलीको नेतृत्वमा ३२ जनाको टोलीले अवलोकन भ्रमण गरेको थियो । जसमा संस्थापक अध्यक्ष इस्वरी राजकुमार मैनाली ‚ नि—बर्तमान अध्यक्ष सरोज सापकोटा ‚ उपाध्यक्ष द्वय राजन काकी र जान्दवि अधिकारी ‚ सचिव राम प्रसाद कोइराला ‚ कोषाध्यक्ष दामोदर दुलाल ‚ लेखा संयोजक बद्रि प्रसाद आचार्य ‚ प्रमुख कार्यकारी अधिकृत ठाकुर नाथ अधिकारी रहनु भएको थियो ।
त्यसैगरी कार्यसमिति सदस्यहरू विष्णु प्र पराजुली ‚ दुर्गा अर्याल ‚ बेला लामा ‚ बुद्धि प्रसाद पराजुली ‚ विजया कोइराला ‚ लक्ष्मी गिरी ‚ पूर्व सञ्चालक बैकुण्ठ प्रसाद न्यौपाने ‚ ऋण उप समिति द्वय प्रेमराज भेटवाल र श्याम प्रसाद पौडेल ‚ शिक्षा समिति सदस्य केदार नाथ घिमिरे ‚ महिला विकास सदस्य पार्वती प्याकुरेल ढुङ्गाना ‚ व्यवसाय प्रवर्द्धन सदस्य उत्तम तिमल्सिना ‚ कृषि सदस्य द्वय सुवास लुँइटेल र प्रभा श्रेष्ठ ‚ बनेपा सेवा केन्द्र व्यवस्थापन सदस्य ठाकुर घिमिरे ‚ कुन्ता सेवा केन्द्र व्यवस्थापन सदस्य त्रय चिरञ्जीवी नेपाल ‚ शम्भु पराजुली ‚ देवकी पराजुली ‚ ऋण विभाग प्रमुख रघुनाथ पराजुली ‚ आर्थिक प्रशासन विभाग प्रमुख मनुप सापकोटा ‚ बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइराला ‚ कुन्ता सेवा केन्द्र प्रमुख सन्तोष अधिकारी र स्वास्थ्य कर्मी नवराज क्षेत्री रहनुभएको थियो ।
उत्कृष्टताका साथ सञ्चालनमा आएका सहकारीहरुको अध्ययन गर्दै त्यस्ता सहकारीहरुले चालेका राम्रा कार्यलाई सहकार्यगर्दै छोटै अवधिमा राम्रो फड्को मार्न सफल भएको मित्र बचत तथा ऋण सहकारी संस्थालाई सयम सुहाउदो तरिकाले सञ्चालन गर्दै अव्बल डंगको सहकारी निर्माण गर्ने उद्देस्यले अवलोकन कार्य सम्पन्न भएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरियो । एक लाख ८८ हजार ९२ जना शेयर ‚ कूल सम्पति १७ अर्ब ६७ करोड ६ लाख ४९ हजार ७ सय रहेको उक्त संस्थाको ६ वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको शेयर पूँजी १ अर्ब ७० करोड ११ लाख ४० हजार २ सय रुपैंयाँ रहेको संस्थाको अध्ययन अवलोकन भयो ।
त्यसैगरी मेचीनगर ६ काकडभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था अवलोकन भएको थियो । जुन सहकारी संस्थाको शेयर सदस्य एक लाख ६७ हजार ९ सय ११ रहेको छ । शेयर पुँजी एक अरब ४० करोड १९ लाख ७ हजार ५ सय र समग्र पुजीँ १४ अरब ११ करोड ५६ लाख २१ हजार ९ सय ३१ रहेको छ । बाह्य कर्जा सुन्यमा झार्ने प्रमुख उदेश्यका साथ अगाडि बढेको छ । उत्कृष्ट व्यवसायहरुका साथमा १७ वटा सहकारी पसलहरु समेत सञ्चालन गदै आएको उक्त सहकारीले सञ्चालक साथै सञ्चालकका परिवारमा समेत लगानि नगरी अव्बल ढंगबाट सञ्चालन गर्दै आएको सहकारीको अध्ययन अवलोकन टोलीले अवलोकन गरेको थियो ।
त्यसैगरी इटहरी १६ सुनसरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भएको थियो । १८ हजार ६ सय ४५ जना शेयर सदस्य रहेको संस्थाको १५ करोड ९५ लाख ३३ हजार ९ सय शेयर पुँजी रहेको छ । कुल दायित्व १ अर्व ३५ करोड रहेको संस्थाको अवलोकन गरेको थियो । मोरङ पथरीशनिश्चरे १ मा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था ८ हजार २ सय २६ जना शेयर सदस्य रहेको संस्थाले आफ्नो मुख्य कार्यालय बाट ३६५ दिने सेवा दिदै आएको संस्थाको समेत अवलोकन गरेको थियो ।
भ्रमण टोलीले नेपालको पूर्वी भूभागमा रहेको सहकारीहरुको अध्ययन अवलोकन गरेर अति उत्तम राम्रा कार्यहरूलाई आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थामा समेटेर नमुना सहकारी बनाउने उद्देस्यका साथ अगाडि बडेको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताउनु भयो । उहाँले थप्नुभयो हाम्रो मिसन घुम्ने हैन सहकारीलाई नमुना बनाउने उद्देस्यले खोजिको अभियान हो । अवलोकन भ्रमणको क्रममा आउदा जाँदा बाटोमा पर्ने रमणिय स्थलहरुमा खासै घुमफिर हुन नपाएपनि अवलोकन टोलीले सहकारीको क्षेत्रमा धेरै महत्वपुर्ण ज्ञान हासिल गर्न सकेकोमा म लगाएत सिगो टोलि खुसी छ ‚ जसले गर्दा सहकारीमा नया पन आउंनेमा ढुक्क छु ।

प्रतिक्रिया दिनुहोस