२०८३ श्रावण २१, बिहिबार | Thu, 06, Aug, 2026

नारी दिवसको अवसरमा रोटरी क्लबले शैक्षिक सामग्री वितरण


११२८५ पाठक संख्या
  • २०८१ फागुन २४, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुन्डेवेसीमा अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा रोटरी क्लब अफ ज्ञानेश्वरले एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    सो कार्यक्रममा पोक्रा माविका कक्षा १० मा अध्ययनरत ४८ जना छात्र छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । क्लबका पदाधिकारीहरूले छात्र छात्राहरूलाई आवश्यक पर्ने कापी, कलम, ज्यामिती बक्स र अन्य शैक्षिक सामग्रीहरू प्रदान वितरण गरिएको थियो ।

    सो अवसरमा आफ्नो धारणा राख्दै क्लबका अध्यक्ष निलम योन्जन ले नारी शिक्षाको महत्वमाथि प्रकाश पार्दै छात्र छात्राहरूलाई निरन्तर अध्ययनमा लाग्न प्रेरित गर्नुभयो । विद्यालयका प्रतिनिधि लेखापाल लक्ष्मी प्रसाद रेग्मीले विद्यार्थीहरूलाई सहयोग गरेकोमा क्लबप्रति धन्यवाद व्यक्त गर्दै शिक्षाको विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका केन्द्रिय सद्स्य बिदुर प्रसाद बर्तौला रोटरी क्लबका सचिव सृष्टि त्रीपाटी कोषाध्यक्ष प्रज्ञा पाण्डेको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम सम्योजन तथा सन्चालन ग्रामीण पाठशालाका प्रीन्सिपल विदुर भण्डारीले गर्दै यस्ता सहयोगमूलक कार्यहरूले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा रोटरी क्लव अफ किर्तिपुरका सचिव प्रभात योन्जन रहनुभएको थियो । रोटरी क्लब अफ ज्ञानेश्वरले आगामी दिनहरूमा पनि यस्तै सामाजिक कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार