२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


९०७५ पाठक संख्या
  • २०८१ चैत्र १, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — पश्चिमी वायुको साथै स्थानीय  वायुको आंशिक प्रभावका कारण आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ।

    देशका अन्य भागको मौसम भने मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

    बेलुका भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार