२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

पत्रकार महासंघले प्रजिअ मार्फत बुझायो सरकारलाई ध्यानाकर्षण पत्र


११३३७ पाठक संख्या
  • २०८१ चैत्र १९, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    मंगलवार नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बिनोद न्यौपानेको नेतृत्वमा आएका पत्रकारहरुले पत्रकारहरुको शुरक्षा , क्षतिपुर्ती, र दोसिलाई कारवाहिको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

    चैत्र १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक प्रदर्शणको क्रममा अराजक समुहले सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई निसाना बनाई गरेको निन्दनिय कार्यबाट सञ्चारकर्मी सुरेश रजकको ज्यान गएको साथै विभिन्न मिडियाहरु माथि भएको आक्रमणले सञ्चार क्षेत्रमा ज्यानधनको ठुलो क्षती भएकोले कारवाही साथै क्षतिपुर्तीको व्यवस्था सहित सञ्चारकर्मीहरुको सुरक्षाको माग गर्दै प्रजिअ मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार